बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘शान्ति पुरस्कार’ पाएका छन्। विश्व फुटवलको उच्च निकाय फिफाले उनलाई ‘फिफा शान्ति पुरस्कार’ दिएको हो। फिफाले सुरु गरेको यो पहिलो पुरस्कार हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ‘फुटवलको वर्ल्ड कप २०२६ को ‘ड्र’ मार्फत उक्त पुरस्कारको घोषणा गरेका हुन्।
फिफाको यो घोषणासँगै अध्यक्ष जियानीको आलोचना हुन थालेको छ। विश्व नेताहरूले राजनीतिक रुपमा तटस्थ रहेको फिफालाई विवादमा तानेको भन्दै उनको आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले फिफाका अध्यक्ष जियानी र ट्रम्पबीच नजिकको सम्बन्ध रहेको र ट्रम्पलाई प्रभावमा ल्याउन उक्त पुरस्कार दिइएको टिप्पणी गरेका छन्।
ट्रम्प आफैले पनि पटक पटक नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताउँदै आएका छन्। जियानीले पनि ट्रम्पको उक्त दाबीलाई समर्थन गर्दै आएका थिए। विश्वका कैयौं युद्धहरू रोकेको भन्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि कैयौ राष्ट्रहरूले पनि मनोनयन गरिसकेका छन्। तर नोबेल पुरस्कार पाउने ट्रम्पको रहर पुरा भएको छैन।
ट्रम्पको आदेशमा अमेरिकी सैनिकले क्यारेबियन सागरमा घातक आक्रमण गरेको केही घण्टाभित्रै फिफाले उक्त पुरस्कारको घोषणा गरेको थियो।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया