बिएल संवाददाता
गत २१ असोजमा बेपत्ता भएकी मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी १२ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्ने गौतमकै छिमेकी ५८ वर्षीय पदमबहादुर अधिकारी छन्। प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले अभियुक्त अधिकारीलाई आइतबार सार्वजनिक गरेको छ।
सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीको लामो खोज अनुसन्धानपछि गत शुक्रबार अधिकारी पक्राउ परेका हुन्।
अशोज २१ गते हराएकी बालिकाको शव कार्तिक ७ गते करिब साढे चार किलोमिटर टाढाको लेटाङ नगरपालिका-२ स्थित चिसाङ सामुदायिक वनभित्र विभत्स तरिकाले हत्या गरेको अवस्थामा फेला परेको थियो।
बालिकालाई फकाइफुल्याइ जंगलभित्र लगि हँसियाले घाँटी रेटेर हत्या गरेको र शरीर टुक्रटुक्रा पारी फालेको प्रहरी अनुसन्धानमा खुलेको छ।
शव सडेगलेको अवस्थामा फेला परेकाले घटनास्थलमा वरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडीको आधारमा बालिकाको शव सनाखत भएको थियो।
पक्राउ परेका अधिकारीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया