बिएल संवाददाता
अस्ट्रेलियामा लाखौं बालबालिकाका नाममा खोलिएका समाजिक सञ्जालका खाताहरू बन्द गरिएका छन्। सरकारले १६ वर्षभन्दा मुनिका बालबालिकाका नाममा खोलिएका सबैखालका (फेक अकाउन्ट)समेत बन्द गर्ने निर्णय गरेको थियो।
बुधबारदेखि सबै बालबालिकाका सामाजिक सञ्जालका खाताहरू बन्द भएपछि अस्ट्रेलियन बालबालिका तथा अभिभावकहरू कोही खुसी भएका छन् कसैले सरकारको आलोचना गरिरहेका छन्।
तर सरकारले भने यसलाई निकै ‘गर्व’को दिन भनेको छ।
बालबालिकाका खाताहरू बन्द गरिएपछि आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रधानमन्त्रीत्वकालको जीवनमा आफ्ना लागि सबैभन्दा ठूलो ऐतिहासिक निर्णयको दिन भएको बताएका छन्।
‘यो एउटा त्यस्तो ऐतिहासिक दिन भएको छ, जसलाई मेरो प्रधानमन्त्रित्वकालको सबैभन्दा ठूलो गर्वको दिनका रुपमा स्मरणीय भइरहनेछ’ उनले भनेका छन् ‘यो विश्वमै एउटा अग्रणी निर्णय हो। जसले अस्ट्रेलियाका अभिभावकहरूले ठूला र शक्तिशाली सामाजिक सञ्जालका कम्पनीहरूबाट आफ्ना बालबालिकाको शान्तिपूर्ण अधिकार फिर्ता लिन सफल भएका छन्।’
यो निर्णयसँगै अस्ट्रेलियाका बालबालिकाहरूले फेसबुक, इन्स्ट्राग्राम, थ्रेड्स, स्न्यापच्याट, युट्यूब, टिकटक, किक, रेडिट, ट्वीट्च, र ट्वीटर(एक्स)जस्ता सामाजिक सञ्जालहरू चलाउन पाउनेछैनन्। पहिला नै बालबालिकाका नाममा खोलिएका यस्ता खाताहरू सबै बन्द भएका छन्। अब १६ वर्षभन्दा मुनिका बालबालिकाले यी प्लेटफर्महरूमा नयाँ खातासमेत खोल्न पाउने छैनन्।
बालबालिकाका खाता खोलेको पाइएमा अभिभावकले अब ३२ मिलियन अस्ट्रेलियन डलरभन्दा धेरै जरिवाना तिर्नुपर्नेछ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया