बिएल संवाददाता
एमाले नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश उमानाथ गौतमको इजलासले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा महरलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले महर एक लाख धरौटी बुझाएर अदालतबाट रिहा भएको जानकारी दिए।
आज बयानका लागि उपस्थित भएका महर बयान र थुनछेक बहसपछि आजै एक लाख धरौटीमा रिहा भएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए।
सोही कसुरमा उनी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्यूरोले पक्राउ गरेको छ।
विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा परिवर्तित नाम ‘साइबर ब्यूरो १४ (२०८२/२०८३)’ले महर दम्पतीविरुद्ध उजुरी दिएकी थिइन्।
उजुरीपछि पक्राउपूर्जी जारी भएपछि फरार रहेका महर दम्पती सोमबार बयानका लागि अदालत उपस्थित भएका थिए। महरको थुनछेक बहस सकिएर धरौटीमा छुटे पनि श्रीमतीको नसकिएकोले ब्यूरोले नियन्त्रणमा लिएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया