बिएल संवाददाता
बैतडीमा बेहुली लिएर फर्केको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ।
सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो।
पुर्चौंडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको प्रहरी निरीक्षक बलदेव बडुले जनाए। दुर्घटनामा घाइते भएका ४५ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ।
दुर्घटनामा परी ज्यान गुमाएकाहरूको विवरण–
बझाङ, बित्थडचिर–७ का
४० वर्षीय केशब राज जोशी,
१३ वर्षीय अशोक राज जोशी,
३५ वर्षीय बसन्त जोशी,
४१ वर्षीय विष्णुदत्त जोशी
४२ वर्षीय नरेशराज जोशी,
केदारस्युका ६० वर्षीय मोहन देव भट्ट,
जयपृथ्वी–७ का ४० वर्षीय वसन्त राजे रतला
बैतडी, पुर्चौंडी–७ कि ४० वर्षीय पुष्पा अवस्थी
तीमध्ये नरेशराज र विष्णुदत्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया