बिएल संवाददाता
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ ।
उपत्यकाबाट खटिन लागेका अधिकृतहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीहरूलाई आइतबार भर्चुअल माध्यमबाट आइजिपी राजु अर्यालले निर्देशन समेत दिएका छन्।
उनले निर्वाचनको समय अगावै, निर्वाचनको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका हुन्।
आइजिपी अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया