बिएल संवाददाता
निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई निर्वाचन आचारसंहिताविपरितका गतिविधि गरेको भन्दै एक लाख रूपैयाँ जरिवाना तोकेको छ।
सेतोपाटीले निर्वाचन विश्लेषण प्रकाशन गरेको भन्दै सोमबार आयोगले जरिवाना तोक्ने निर्णय गरेको हो।
सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन गरेको आयोगको आरोप छ। तोकिएको जरिवाना आयोगमा १५ दिनभित्र दाखिला गर्न पनि भनिएको छ।
यसअघि निर्वाचन आयोग र प्रेस काउन्सिलले यस विषयमा स्पष्टीकरण सोधेपछि कारबाहीका लागि काटिएका पत्र रोक्न र कारबाही प्रक्रिया रोक्न माग गर्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले फागुन १४ गते निर्वाचन आयोग र प्रेस काउन्सिललाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
मुद्धा विचाराधीन अवस्थामा छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया