बिएल संवाददाता
सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको मृत्यु बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण भएको पोस्टर्माटम रिपोर्टले देखाएको छ।
इनिशाको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ।
उनीमाथि सामूहिक बलात्कार भएको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।
अध्ययनका लागि वीरेन्द्रनगर-१ मा बस्दै आएकी इनिशाको घर सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोली हो। घरबाट ट्युसन पढ्न भनेर हिँडेकी उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।
अचेत फेला पर्ने बित्तिकै उनलाई प्रदेश अस्पताल लगिए पनि केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै पीडित परिवारले शव बुझ्न मानेको छैन।
उनीहरूले दोषीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया