बिएल संवाददाता
अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ।
शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ।
केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ।
सावधानीका लागि केन्द्रका केही भागहरू बन्द गरिएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको र आपतकालीन टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको कम्पनीले जनाएको छ।
पछिल्लो समय पश्चिम एसियाका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी आक्रमणहरू तीव्र भएका छन्। बुधबार राति इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेको थियो।
इजरायली आक्रमणको प्रतिशोधमा इरानले कतारको ‘रास लाफान’ औद्योगिक शहरमा आक्रमण गरेको छ। कतारको रक्षा मन्त्रालयका अनुसार यसबाट त्यहाँको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। बिहीबार इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलले इजरायलको उत्तरी सहर हाइफामा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पुर्याएको सीएनएनले पुष्टि गरेको छ।
यसैबीच, साउदी अरबले आफ्नो आकाशमा थप चारवटा ड्रोनहरू नष्ट गरेको रिपोर्ट सार्वजनिक गरेको छ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायललाई कडा चेतावनी दिँदै इरानले हालसम्म आफ्नो शक्तिको सानो अंश मात्र प्रयोग गरेको भनेका छन्।
उनले ‘एक्स’मा लेखेका छन, ‘हामीले संयमता अपनाउनुको एक मात्र कारण तनाव कम गर्ने आग्रहलाई सम्मान गर्नु थियो। तर, यदि हाम्रा पूर्वाधारहरूमा पुनः आक्रमण गरियो भने हामी ‘शून्य सहनशीलता’को नीति अपनाउनेछौं।’
मन्त्री अराघचीले कुनै पनि युद्ध अन्त्यका लागि नागरिक स्थलहरूमा भएको क्षतिको उचित सम्बोधन हुनुपर्ने अडान समेत राखेका छन्। अहिले इजरायल र इरानबीच जारी मिसाइल आदान–प्रदान र सैन्य कारबाहीले विश्वव्यापी ऊर्जा आपूर्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ।
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया