आइतबार, ०५ अप्रिल २०२६

इरान युद्धबारे ट्रम्पले भनेः अमेरिकाको उद्धेश्य पूरा हुने चरणमा छ, सैन्य आक्रमण घटाइन्छ

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डिसी
News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत ट्रम्पले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौं र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौं।’

ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्‍याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ।

ट्रम्पले पत्रकारहरूसँग भनेका छन् कि इरानको नौसेना र वायुसेना ध्वस्त भइसकेको छ र उनका सबै स्तरका नेता मारिएका छन्। उनले अमेरिकासँग वार्ता गर्न इरानमा कुनै नेता नबँचेको र कोही पनि त्यहाँको नेता बन्न नचाहने दाबी गरे।

हर्मुज जलमार्गमा नाकाबन्दीको सम्बन्धमा उनले जुन देशले प्रयोग गर्ने हो सोही देशहरूले सुरक्षा ग्यारेन्टी गर्नुपर्ने र अमेरिकाले आवश्यक परे सहयोग गर्नसक्ने बताएका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्वमा आक्रमण जारी राखेको छ। मध्यपूर्वमा तनावले विश्वव्यापी उर्जा बजार अस्तव्यस्त बनेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!