बिएल संवाददाता
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्ड विस्तारमा भएको ढिलाइ र मर्मत अभावका कारण आइतबार तेस्रो दिन पनि यातायात सेवा प्रभावित भएको छ । सडकका विभिन्न ठाउँमा बनाइएका डाइभर्सनहरू हिलाम्मे हुँदा र सवारी साधन फस्दा हजारौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । विशेष गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने खण्डमा माटोको थुप्रो र खाल्डाखुल्डीका कारण सवारी साधन सञ्चालनमा कठिन भएको छ । शुक्रबारदेखि नै सुरु भएको अवरोध आइतबारसम्म पनि हट्न नसक्दा बुटवलबाट काठमाडौँ, पोखरा र पूर्वी नेपालतर्फ जाने तथा आउने दर्जनौं बस तथा मालवाहक ट्रकहरू लामो जाममा परेका छन् । सडक विस्तारका लागि खनिएका क्षेत्रमा सामान्य वर्षा हुँदा पनि लेदो माटोका कारण सडक चिप्लो हुने र सवारी साधन फस्ने समस्या दोहोरिएको छ । दाउन्नेको उकालो र ओरालोमा सवारी साधन बिग्रिएर वा फसेर सडक ठप्प हुँदा वृद्धवृद्धा, बालबालिका र बिरामी यात्रुहरू झनै मर्कामा परेका छन् । इलाका प्रहरी कार्यालय र सडक आयोजनाका तर्फबाट डोजर प्रयोग गरी फसेका सवारी साधन निकाल्ने र बाटो सम्याउने प्रयास भइरहेको छ । तर, सवारी साधनको चाप अत्यधिक भएकाले एकतर्फी रुपमा मात्रै यातायात खुलाउन पनि निकै संघर्ष गर्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीले अत्यन्तै जरुरी काम बाहेक यो सडक खण्ड प्रयोग नगर्न र सम्भव भए वैकल्पिक मार्ग (सिद्धार्थ राजमार्ग वा अन्य भित्री सडक) प्रयोग गर्न यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया