आइतबार, ०५ अप्रिल २०२६

जुम्लामा अज्ञात व्यक्तिको आक्रमणबाट एक वृद्धाको मृत्यु

News Image
• • •

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ साउबाडा गाउँमा ७० वर्षीया वृद्धाको अज्ञात व्यक्तिको आक्रमणबाट ज्यान गएको छ।

ती वृद्धामाथि रातिको समयमा अज्ञात व्यक्तिबाट आक्रमण भएको थियो। गम्भीर घाइते अवस्थामा रहेकी ती वृद्धालाई तत्काल उपचारका लागि जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो।

उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार राति करिब साढे १० बजे उनलाई मृत घोषणा गरेको जनाएको छ। घटनाले स्थानीय समुदायमा शोक तथा त्रास फैलिएको छ।

प्रहरीका अनुसार घटनाको प्रकृति र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ।

दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!