मङ्गलबार, २४ मार्च २०२६

२२औं वर्षमा प्रवेश गर्‍यो सशस्त्र प्रहरीको पशुपतिनाथ बाहिनी

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

काठमाडौं उपत्यकाको सुरक्षा कमाण्डको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको नम्बर–९ पशुपतिनाथ बाहिनी २२औँ वर्षमा प्रवेश गरेको छ।

बाहिनीले मंगलबार मिनभवनस्थित आफ्नो अस्थायी कार्यालयमा स्थापना दिवस मनाएको छ। पशुपतिनाथ बाहिनीका प्रमुख (डीआईजी) सुरेश श्रेष्ठले संगठनको नीतिगत सुधारको योजना सफल बनाउन बाहिनी र मातहतका युनिटहरूले दृढतापूर्वक काम गरिरहेको बताए।

उत्कृष्ट काम गर्ने बाहिनीका एसएसपी नेत्रबहादुर कार्कीसहितका अधिकृत तथा जवानहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कृत गरेका छन्।

पुरस्कृत हुनेमा एसएसपी कार्की, डीएसपी ताराबहादुर केसी, इन्स्पेक्टर मदन अधिकारी, सई पवन पाण्डे, असई झलबहादुर चन्द, वरिष्ठ हवल्दार उत्तम बस्नेत, हवल्दार द्वय नवराज लामिछाने, बासुदेव लामिछाने, सहायक हवल्दार राम लामा र जवान किशनकुमार सिंह छन्।

बाहिनीलाई सहयोग गर्ने पेम्बा तेन्जिङ शेर्पा, जगत बहादुर पोखरेल, सन्दीप अग्रवाल र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीलाई पनि आईजी अर्यालले सम्मान गरेका छन्।

बाहिनी स्थापना दिवसको अवसरमा कविता प्रतियोगितामा समेत आयोजना गरिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!