बिएल संवाददाता
नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन्।
०५८ सालमा कांग्रेस दुई चिरा हुँदा ठूलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औंल्याए।
उनले कांग्रेसभित्र अब युवा एकातिर र पाका पुस्ताका नेताहरु अर्कोतिर हुने बताए।
‘कांग्रेस फुट्दैन तर युवा र पाका पुस्ताबिच अन्तरद्वन्द्व सुरु हुन्छ। तर केही शक्तिहरुले म्यानिपुलेट गर्ने संभावना भएकाले सानो समूह चोइटिन सक्छ,’ उनले भने।
लोकतन्त्रको सुन्दर पक्ष भनेको ‘संवाद’ भएपनि कांग्रेसभित्र संवादहीनताको अवस्था रहेको औंल्याउँदै नेविसंघका पूर्व केन्द्रीय सदस्य शर्माले पार्टी सभापति गगन कुमार थापा संवाद गर्ने मूडमा नरहेको आफूले अनुभव गरेको सुनाए।
कुनै समय भारतीय नेताहरु राजिव गान्धी र अटल बिहारी बाजपेइबीचको सम्बन्ध एवम संवादको उदाहरण दिंदै नेता शर्माले गगन थापाका प्रशस्त कमजोरीहरु औंल्याए।
थापाले फागुन २१ गतेको निर्वाचन अघि नै सबै पक्षका नेताहरुसँग संवाद गर्न अटेरी गरेर ठूलो गल्ती गरेको बताए।
‘फागुन २१ गतेको निर्वाचन अगावै सभापति गगन थापाले सबै समूहका नेताहरुसँग डाइलग गरेको भए आठदेखि १० सिट थपिने थियो। उहाँ डाइलग गर्न हिचकिचाइरहनु भएको छ, त्यो भनेको डेमोक्रेसीको सुन्दरता होइन,’ उनले भने,‘अटल विहारी र राजिव गान्धीविच घोचपेच प्रशस्त हुन्थ्यो र निरन्तर सुमधुर संवाद पनि हुन्थ्यो। होइन भने एक पटक इतिहास पल्टाएर हेर्नुहोस्। उहाँहरुबाट पनि हामीले सिक्नुपर्छ।’
नेपाली कांग्रेस र जनताबीच सूचना आदनप्रदानमा ठूलो कमजोरी रहेको बताउँदै नेता शर्माले जनता र पार्टीबीच सुमधुर सम्बन्ध राख्न सूचना आदनप्रदान महत्वपूर्ण हुने औंल्याए।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नाराप्रति कटाक्ष गर्दै नेता शर्माले कपीपेस्टको राजनीतिले माथि पुग्न नसकिने बताए।
‘यो नारा त मलाई ०६२।०६३ सालको आन्दोलनताका ठूला होर्डिङ बोर्डमा राखिएको फेयर एण्ड लवलीको विज्ञापनजस्तो पो लाग्छ। नारामा कुनै सिर्जना नै छैन्, अपनत्व नै छैन्। नाराले त कार्यकर्ताको रगत उम्लिनुपर्छ र रौं ठाडो हुनुपर्छ, त्यस्तो केही अनुभूति नै गर्न सकिएन्,’ उनले भने।
यस्तै तौरतरिकाले नेपाली कांग्रेस नबदलिने र बदल्न नसकिने उनको भनाइ छ।
‘तत्कालिन पार्टी सभापति शेर बहादुर देउवा र हालका सभापति गगन थापाको कार्यशैलीमा मैंले केही भिन्नता पाएको छैन्। जनताले के भिन्नता भेट्लान र ? नबदलिएको कांग्रेसले देश बदल्न सक्दैन्,’ उनले भने।
यतिबेला देश बदल्ने मात्र नभइ फड्को मारेर जानुपर्ने बताएका उनले कांग्रेसका नेताहरु काम गरिसकेपछि वा रिटायर्ड भएपछि आफ्नो जन्मभूमिका फर्कनुको साटो अवसरको दौरानमा हिंडेकाले पार्टीले थप क्षति व्यहोर्ने बताए।
‘अमेरिकामा जर्ज वासिङटन राष्ट्रपति भइसकेपछि आफ्नो मातृभुमि गएर बसे। शेरबहादुर देउवादेखि पूर्ण बहादुरहरु खड्काहरु रिटायर्ड भइसक्नुभयो। उहाँ जन्मगाउँ फर्किनुपर्छ, अभिभावक बनेर बस्नुपर्छ। देउवा डडेल्धुरा नै जानुपर्छ र खड्का सुर्खेत नै फर्किनुपर्छ। अनिमात्र गाउँदेखि कांग्रेसको संगठन निर्माण हुन्छ,’ उनले भने,‘अब पूराना पुस्ताका नेताहरुले नयाँ पुस्ताका युवाहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ। सक्नुहुन्छ भने आफ्नै परिवारका सदस्यलाई जिम्मेवारी दिएपनि हुन्छ। किनकी उहाँहरुले आफ्ना परिवार वा छोराछोरीलाई राम्रो शिक्षा दिनु भएको छ र शिक्षित युवाहरु राजनीतिमा आएमात्र देश बदलिनेछ।’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया