बिएल संवाददाता
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नामुद बिचौलिया दीपक भट्ट जोडिएको आर्थिक अपराधमा एकपछि नयाँ–नयाँ तथ्यहरू बाहिरिने क्रममा सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक नै मुछिएपछि अनुसन्धानले नयाँ मोड लिएको छ।
अनुसन्धानको केन्द्रमा रहेको भट्टको हिमालयन रि-इन्स्योरेन्स कम्पनीमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरकै पत्नी राखी निहारिका ठाकुर संस्थापक शेयरधनी रहेको तथ्य बाहिरिएको हो।
अनुसन्धान गर्ने निकायकै प्रमुखकै परिवारको आरोपितको कम्पनीमा साझेदारी देखिएपछि अनुसन्धानको अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ।
कम्पनीमा निहारिका ठाकुरको नाममा २० हजार कित्ता संस्थापक शेयर रहेको विवरण शेयरधनी अभिलेखबाट देखिएको छ। कम्पनीमा दर्ता भएको नागरिकता नम्बर र गजेन्द्र कुमार ठाकुरकी पत्नीको नागरिकता नम्बर मिलेसँगै महानिर्देशककी पत्नीको साझेदारी खुलेको हो।
अनुसन्धान गर्ने निकायकै प्रमुख जोडिएको मुद्धामा स्वार्थको द्वन्द्व जोडिने र निश्पक्ष अनुसन्धानमा प्रश्न उठ्ने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।
उच्च ओहोदाका कर्मचारीहरू र राजनीतिज्ञहरू नै आर्थिक प्रलोभनमा परेर विचौलियाहरूको अनियमिततामा जोडिनुले बालेन सरकारको सुशासनको अभियानमा गम्भीर धक्का लागेको विश्लेषकहरू बताउँछन्।
भट्टको वित्तिय अपराधको साम्राज्यमा अनुसन्धानको लहरो तान्दा पहरो गर्जिन थालेको छ। भट्टसँग उच्च ओहोदाका राजनीतिज्ञ, उच्च पदस्थ सरकारी कर्मचारी तथा नाम चलेका व्यापारी र व्यवसायीहरूको समेत साँठगाँठ खुलिसकेको छ।
यता भट्टको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर धनीहरूको आधिकारिक अभिलेखअनुसार कम्पनीमा कुल ४६ जना संस्थापक सेयर धनी देखिएका छन्। त्यसका अलावा केही चर्चित व्यक्तिहरूले समेत सेयर लिएको तथ्य बाहिरिएको छ।
गृहमन्त्री सुधन गुरुङ भट्टको कम्पनीमा साझेदार देखिएपछि राजीनामा दिन बाध्य भएका छन्।
यसअघि अर्थसचिव डा. घनश्याम उपाध्यायले श्रीमती भगवती उपाध्यायको नाममा संस्थापक सेयर लिएको खुलिसकेको छ।
त्यस्तै व्यवसायी एवं हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक समितिका पूर्वअध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक चरणको बयान लिइसकेको छ।
व्यापारिक घराना शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उनका छोराहरूमाथि समेत अनुसन्धान जारी छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया