तेजन खड्का
झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार अन्दाजी २५ वर्ष उमेरकी देखिने ती महिलाको शव शनिबार फेला परेको हो। घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। तर, उनको हातमा रहेको विशिष्ट ट्याटु पहिचानको महत्वपूर्ण आधार बन्न सक्ने अनुमान गरिएको छ। सोही ट्याटुका आधारमा मृतकको परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार शव फेला परेको अवस्था शंकास्पद रहेकाले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको छ। मृतक महिलाको पहिचान तथा घटनासम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय दमकमा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।
प्रहरीले ट्याटुको तस्बिर सार्वजनिक गर्दै मृतकको परिचय खुलाउन सहयोग गरिदिन आग्रह गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया