बिएल संवाददाता
काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पक्राउ पर्नेहरूमा श्रीमान् थापासहित नुवाकोटको तारकेश्वर–४ घर भएका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपासलका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भइ हाल काठमाडौंको गोकणेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।
उक्त घटनामा जाहेरी परेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जनाएको छ।
शुक्रबार राति घरायसी विवादका क्रममा थापाले ४२ वर्षीया ईश्वरी भुजेलमाथि धारिलो हतियार प्रहार गरेका थिए।
श्रीमानकाे प्रहारबाट गम्भीर घाइते भएकी भुजेलकाे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो।
मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्।
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया