बुधबार, १० जुन २०२६

प्रधानमन्त्रीले देश र जनतासँग माफी माग्नैपर्छ– भीष्मराज आङदेम्बे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले देश र जनतासँग माफी माग्नुपर्ने बताएका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताएका हुन्। 

अब प्रधानमन्त्रीकाे विषयलाई लिएर संसद् अवरुद्ध नगर्ने बताउँदै उनले भने,  ‘प्रधानमन्त्रीको भनाइ घोर निन्दनीय र आपत्तिजक छ। उहाँले  संसद्मा नभएर देश र जनतासँग माफी माग्नुपर्छ।’

प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!