बिहिबार, ११ जुन २०२६

मेयरको हर्कतले उठायो प्रश्न, सडक मिचेर कार्यक्रमको उद्घाटन!

News Image
• • •

 

महेन्द्र राजमार्ग (निर्माणाधीन एशियन हाइवे) को सडक क्षेत्रभित्र सडक नियम मिचेर दुर्गा इन्टरप्राइजेज (TVS) ले सञ्चालन गरेको TVS Exchange Mania कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका छन्।

सार्वजनिक सडक क्षेत्र प्रयोग गरी कार्यक्रम सञ्चालन गरिएको विषयमा स्थानीयवासीले प्रश्न उठाइरहेका बेला स्थानीय सरकार प्रमुख स्वयं उद्घाटन कार्यक्रममा सहभागी भएपछि थप आलोचना चुलिएको छ।

सडकको क्षेत्राधिकारभित्र कुनै पनि संरचना वा व्यावसायिक गतिविधि सञ्चालन गर्न सम्बन्धित निकायको अनुमति आवश्यक पर्ने व्यवस्था रहे पनि उक्त कार्यक्रम कसरी सञ्चालन भयो भन्ने विषयमा प्रश्न उठेको छ।

स्थानीय सरकारको नेतृत्व गरिरहेका प्रमुख थापाको उपस्थितिले कानुनको कार्यान्वयन र पालना सम्बन्धी प्रश्नसमेत उठाएको छ।

सार्वजनिक सम्पत्ति तथा सडक क्षेत्रको संरक्षण गर्ने जिम्मेवारी भएका निकायका प्रमुख नै विवादित कार्यक्रममा सहभागी भएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ। स्थानीय भन्छन्– मेयर थापाले जिम्मेवारी ठाउँमा बसेर नियम कानुनको धज्जी उडाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!