बिएल संवाददाता
कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा भिरमा टेम्पो खसालिएको घटनामा १० जना वन कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सबैजना वन रक्षक तहका जुनियर कर्मचारी रहेको प्रहरीले जनाएको छ।
टेम्पो खसालेको भिडियो भाइरल भएसँगै प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयले चासो देखाएपछि प्रहरीले घटनामा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिएकाे हाे।
वन क्षेत्र अतिक्रमण गरिएको जग्गा खाली गर्ने क्रममा खोका पसल सञ्चालन भइरहेको टेम्पो हटाइएको वन कार्यालयले बताएको छ।
सडकबाट हटाउने क्रममा टेम्पो भिरबाट खसेको र उक्त टेम्पो बिग्रिएको र चालु अवस्थामा नरहेको वन कार्यालयको दाबी छ।
घटनाबारे पक्ष विपक्षमा टिकाटिप्पणी हुन थालेपछि जिल्ला वन अधिकृत रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका बताइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया