बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन्।
टर्कीमा आयोजित नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले गएराति उनीहरूलाई निकै कडा प्रहार गर्यौं, र आज राति फेरि कडा प्रहार गर्नेछौं।’
ट्रम्पले बुधबार नै इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्।
‘मेरो हिसाबले त यो सकिइसकेको छ,’ पत्रकारहरूको प्रश्नमा उनले भने। ट्रम्पले इरानी नेतृत्वलाई ‘विकृत मानसिकताका’ भन्दै उनीहरूसँग वार्ता गर्नु ‘समयको बर्बादी’ मात्र भएको टिप्पणी गरे।
ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ।
अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुड आयलको मूल्य ७ प्रतिशतभन्दा बढी बढेर प्रतिबारेल करिब ८० अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य पनि करिब ७ प्रतिशत बढेर प्रतिबारेल ७५ अमेरिकी डलर पुगेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया