शुक्रबार, १७ जुलाई २०२६

अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सरकारले अब नयाँ व्यक्तिलाई करारमा नियुक्त नगर्ने भएको छ।

सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै करारमा नयाँ कर्मचारी नराख्ने जानएको हो। आवश्यक जनशक्ति ‘पुल’मा रहेका करार कर्मचारीबाटै व्यवस्थापन गरिनेछ।

परिपत्रअनुसार नयाँ स्थापना भएका निकाय वा रिक्त स्वीकृत दरबन्दीमा करार कर्मचारी आवश्यक परे नयाँ व्यक्ति नियुक्त गर्न पाइने छैन।

यस्तो अवस्थामा सम्बन्धित निकायले सामान्य प्रशासन मन्त्रालयमार्फत 'पुल'मा रहेका करार कर्मचारी माग गर्नुपर्नेछ। त्यसपछि करार सम्झौता गरी काममा लगाइनेछ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!