बिएल संवाददाता
विश्व चर्चित पर्वतारोही निर्म पुर्जा ‘निम्स दाइ’को शव ब्रड पिक हिमपहिरोमा परेको ३ दिनपछि फेला परेको छ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार ब्रड पिक हिमालमा हिमपहिरोमा परि बेपत्ता भएको ३ दिनपछि करिब ५७ सय मिटर उचाइमा उनको शव फेला परेको हो।
बिहीबार बिहान हिमपहिरोमा परि पुर्जाको नेतृत्वमा रहेका आरोहण दलका १० सदस्य बेपत्ता भएका थिए।
यसअघि आइतबार नै पूर्जाको लगानी रहेको कम्पनी एलिट एक्सपेडले पुर्जासहित सबै १० जनाको मृत्यु भएको घोषणा गरेको थियो।
एसीपीकी नायला कियानीले पाकिस्तानी मिडिया ‘डन’लाई बताएअनुसार अमेरिकी पर्वतारोहीको विश्वास गरिएको शवका अवशेष फेला परेको र निम्सदाइको पनि शव फेला परेको छ।
एसीपीको विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त दुःखका साथ यो जानकारी सेयर गरिरहेका छौं। स्थलमार्गबाट गएको उद्धार टोली ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा निर्मल पुर्जा ‘निम्सदाइ’को शवसम्म पुगेको छ। त्यहाँ थप तीन शव पनि देखिएका छन्, तर तिनीहरूको पहिचान अझै पुष्टि भएको छैन। उद्धार टोलीले शवहरूलाई जापानी शिविरसम्म ल्याउनेछ।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया