बिएल संवाददाता
एक महिनादेखि आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन्।
रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन्।
शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने निर्णय गरेमा शनिबार उपकुलपति कार्यलयमा भएको छलफलपछि आन्दोलन फिर्ता लिएर शिक्षक कर्मचारी काममा फर्किन सहमत भएका हुन्।
उपकुलपति कार्की र आन्दोलनरत पक्षबीच भएको सहमतिमा स्थगित भएको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने र सो को नतिजा एक साताभित्र प्रकाशन गर्ने, आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारवाही नगर्ने, शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता भएको उल्लेख छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया