बिएल संवाददाता
हवाई रूटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बीचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियो? र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएन? कुनैबेला बताउँला।
एमाले उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमतिको स्वागत गरेका छन्।
यो सहमतिले काठमाडौं विमानस्थलको व्यवस्थापनमा एकहदसम्म सहयोग पुग्ने भए पनि भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न भन्ने विषय प्राविधिक निष्कर्षपछि मात्र थाहा हुने उनको भनाइ छ।
नेपालका लागि दुईतर्फी हवाइ रुटमा महेन्द्रनगर र नेपालगञ्ज नै प्राथमिकतामा हुनुपर्ने उनको भनाइ छ।
‘मैले बुझेअनुसार ६ हजार ५ सय फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुन्छ। हेरौं भारतीय प्राविधिकले यो मान्छन या…? दुईतर्फी हवाई रूटमा फेरि पनि हाम्रो प्राथमिकता महेन्द्रनगर र नेपालगंज नै हो।’
उनले थप भनेका छन्, ‘हवाई रूटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बीचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियो? र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएन? कुनैबेला बताउँला। अहिलेलाई– Always Nations First!’
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया