बिएल संवाददाता
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने ‘एजुकेसन एक्सिलेन्स् अवार्ड–२०२४’ बाट सम्मानित भएका छन्।
भारतको रड्कीस्थित कोर विश्वविद्यालयले उपकुलपति प्रा.डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स् अवार्ड–२०२४’ बाट सम्मानित गरेको हो।
शिक्षा क्षेत्रको विकासमा विशेष भूमिका खेलेको भन्दै विश्वविद्यालयले प्रा.डा. लामिछानेलाई सम्मानित गरेको हो। विश्वविद्यालयले आयोजना गरेको विकास भारत–२०२४ कार्यक्रम र भारत ज्ञान कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
‘विश्वविद्यालय तपाईंको उल्लेखनीय उपलब्धिहरू र शिक्षाको क्षेत्रमा असाधारण योगदानका लागि हार्दिक बधाइ र गहिरो प्रशंसा गर्दछ’, सम्मान पत्रमा उल्लेख गरिएको छ, ‘शिक्षामा तपाईंको प्रभावशाली भूमिका, साथै भारत ज्ञान कार्यक्रम–२०२४ मा पावर स्पिकरका रूपमा तपाईंको प्रभावकारी भूमिका साँच्चै प्रशंसनीय छ।’
चार दशक प्राध्यापन र लेखनमा बिताएका प्रा. डा. लामिछाने नेपाली भाषा, साहित्य र बाङ्मयका ज्ञाता हुन्। चार दशक त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय शिक्षण गरेको प्रा.डा. लामिछाने विगत साढे ३ वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया