बिएल संवाददाता
रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।
राजदेवी-७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।
लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ठाकुरको नौ महिनाअघि मात्र विवाह भएको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया