बिएल संवाददाता
नेपाली सेनाको रथीमा निर्मलकुमार थापा बढुवा भएका छन्।
उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गरेका हुन्। थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।
रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन्। रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न पुगेका छन्। प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल छन्।
रथी थापा अहिले संयुक्त राष्ट्र संघको डिसइनगेजमेन्ट अब्जर्भर फोर्स (अनडफ) मिसनमा फोर्स कमान्डरको रुपमा कार्यरत छन्। ललितपुरमा २०२४ सालमा जन्मिएका थापा २०४३ सालमा नेपाली सेनामा भर्ती भएका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया