बिएल संवाददाता
निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।
बुधबार आयोगले विवरण अद्यावधिक गरेको पत्र कांग्रेसलाई दिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको कांग्रेसको १५औं महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। यसअघि विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कार्यसमितिलाई पनि आयोगले अद्यावधिक गरेको थियो। सोही कार्यसमितिले गरेको १५औं नियमित महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आयोगले स्वीकार गरेको हो।
यता निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारिकता आफ्नै पक्षमा दाबी गर्दै आगामी मंसिर २१ गते महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनबारे आयोगमा देउवा समूहले पनि कार्यतालिकासहितको पत्र बुझाएको थियो।
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आयोगले गगन नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको हो।
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया