बिएल संवाददाता
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ।
आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद गर्न थालेका हुन्। गत फागुनदेखि घ्यू खरिद सुरु भएको हो। गुठी संस्थानले पनि घ्यू खरिद गर्न थालेको छ।
उक्त आयोजनाअन्तर्गत १२ हजार किसान प्रत्यक्ष रूपमा आबद्ध भई आर्थिक लाभ लिन थालेका छन्। धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा उदयपुरका सङ्कलन केन्द्रमार्फत दूध सङ्कलन हुन गरेको छ। जाडो याममा चार हजार लिटर तथा सुक्खा याममा प्रतिदिन दुई हजार लिटर दूध सङ्कलन हुने गरेको छ।
दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दा आयोजनाको मापदण्डअनुसार गुणस्तर निर्धाण गरेर मात्र बिक्री गर्ने गरिएको छ।
आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ दैनिक रु तीन लाख मूल्य बराबरको बिक्री भइरहेको छ। आयोजनाले दूध, दही,घ्यू, पनिर, आइसक्रिमलगायत सामग्री उत्पादन गर्दै आएको छ। गर्मी याममा यहाँबाट उत्पादित दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय लिटरसम्म दही बिक्री हुँदै आएको छ।
अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालनलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर व्यावसायिक उत्पादन वृद्धि गर्न अभिप्रेरित गरेमा किसानको जीवनस्तर सुधार हुनका साथै आर्थिक समृद्धितर्फको यात्रमा सफलता मिल्ने आयोजना प्रमुख जोशीको भनाइ छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया