बिएल संवाददाता
गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको निधन भएको प्रहरीको भनाइ छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
मंगलबार राति सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भइ उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा सन्धिखर्क-८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका-२ बस्ने २९ वर्षीय नविन घिमिरे घाइते भएका छन्।
घाइतेमध्ये रिसभको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया