बिएल संवाददाता
नेपाली काँग्रेसले बिचाैलियासँग साँठगाँठ गरेर पाँच युवालाई अमेरिका पठाउन राजदूतावासमा सिफारिस गरेकाे आराेप लागेकी सभामुख इन्दिरा राना मगरकाे राजीनामा मागेकाे छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताए।
उनले यस सम्बन्धमा राज्यव्यवस्था समितिमा उजुरीसमेत परेकाे जानकारी दिए। उजुरीबारे अध्ययन भइरहेकाे भइरहेकाे जानकारीसमेत दिए।
‘उपसभामुखजस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्न सुहाउँदैन। उहाँले ६ गते प्रतिनिधिसभा बैठक बस्नुअघिनै आफ्नो पदबाट राजीनामा दिनुपर्छ। जान्नेलाई छान्ने पार्टीले उपसभामुख बनाएको व्यक्तिबाट यस्तो कार्य हुनु सोभनीय भएन्। यसबारेमा उहाँ र उहाँको दल रास्वपाले जवाफ दिनुपर्छ’, खतिवडाले रिपोर्टर्स क्लब नेपालका लागि पत्रकार कमल बुढाथोकीसँग संक्षिप्त कुराकानी गर्दै भने।
उपसभामुख रानामाथि यस्तो गम्भीर आरोप लाग्दा पनि उनी र उनको सचिवालयले कुनै पनि प्रतिक्रिया जनाएको छैन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया