बिएल संवाददाता
सरकारले साैर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हाे।
आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी सदस्य रहेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन्।
प्रवक्ता गुरुङअनुसार आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएकाे छ।
त्यसैगरी आजकाे मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा ९ एन-एएमई कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।
दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियाे भने पाइलट मनिष शाक्यको जीवितै उद्धार गरिएकाे थियाे। उनकाे काठमाडौँ मेडिकल कलेजमा उपचारका भइरहेकाे छ।
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया