बिएल संवाददाता
झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए।
उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो। थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया