बिएल संवाददाता
सोलुखुम्बुमा आएको बाढीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी पस्दा १ जना बेपत्ता भएका छन्। बेपत्ता हुने को हुन् भन्ने परिचय खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बाढी गाउँमा पस्दा १ जना बेपत्ता भएको अनुमान गरेको छ। ४० भन्दा बढी घर रहेको थामे गाउँमा ७ घर पूर्णरुपमा बगाएको छ। यस्तै होटल ५, स्वास्थ्य क्लिनिक पनि पूर्णरुपमा क्षेति भएको छ।
यसैगरी ७ घर बाढीको जोखिममा रहेको छ भने बाँकी घरहरूमा पनि बाढी पसेको प्रहरीले जानकारी दिएको छ।
अहिले बाढी कम भएको छ। तर थामे गाउँको थामे खोलामा पहिरो जाँदा अझै यस क्षेत्र जोखिममा रहेको छ।
बाढी प्रभावित क्षेत्रमा थाम्बुचे इलाका प्रहरी कार्यालय र अन्य युनिटबाट प्रहरीका साथै नेपाली सेवा परिचालन भएका छन्।
प्रहरीले थामे बाढीका कारण जोखिममा रहेको सोलुखुम्बु दुधकोशी गाउँपालिका – ६ बोदेबहर बलेखाबाट ५ जनाको उद्धार गरेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया