बिएल संवाददाता
सोलुखुम्बुमा आएको बाढीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी पस्दा १ जना बेपत्ता भएका छन्। बेपत्ता हुने को हुन् भन्ने परिचय खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बाढी गाउँमा पस्दा १ जना बेपत्ता भएको अनुमान गरेको छ। ४० भन्दा बढी घर रहेको थामे गाउँमा ७ घर पूर्णरुपमा बगाएको छ। यस्तै होटल ५, स्वास्थ्य क्लिनिक पनि पूर्णरुपमा क्षेति भएको छ।
यसैगरी ७ घर बाढीको जोखिममा रहेको छ भने बाँकी घरहरूमा पनि बाढी पसेको प्रहरीले जानकारी दिएको छ।
अहिले बाढी कम भएको छ। तर थामे गाउँको थामे खोलामा पहिरो जाँदा अझै यस क्षेत्र जोखिममा रहेको छ।
बाढी प्रभावित क्षेत्रमा थाम्बुचे इलाका प्रहरी कार्यालय र अन्य युनिटबाट प्रहरीका साथै नेपाली सेवा परिचालन भएका छन्।
प्रहरीले थामे बाढीका कारण जोखिममा रहेको सोलुखुम्बु दुधकोशी गाउँपालिका – ६ बोदेबहर बलेखाबाट ५ जनाको उद्धार गरेको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया