बिएल संवाददाता
बाँकेमा दुई युवामाथि आक्रमण भएको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै पीडित परिवारजनले मंगलबार प्रशासनको ध्यानाकर्षण गराएका छन्।
दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा नौ जना आरोपीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। घट्नामा संलग्न रहेर पक्राउ परेका सबैविरूद्ध पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले आइतबार अनुमति दिएको थियो।
सन्दिप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले आइतबार नौ जनाविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दिएकी थिइन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३१ वर्षीय नारायण डाँगी, ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी र ३५ वर्षीय ऋषी देवकोटाविरूद्ध मुद्दा दर्ता भएको हो। साथै ३७ वर्षीय लोकेन्द्र डाँगी, २९ वर्षीय नवीन भण्डारी, ३० वर्षीय विशाल भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्ताविरूद्ध पनि मुद्दा दर्ता भएको छ।
जाहेरीकर्ताले घट्नामा संलग्न रहेका थप केहीको पहिचान नभएकाले उनीहरूको खोजी तथा पहिचान गरी नियन्त्रणमा लिन पनि माग गरेकी छन्।
खुकुरी प्रहार घटनामा संलग्नमध्ये हालसम्म वडाध्यक्ष ओली, सन्दिप ओली, रत्न भण्डारी, सन्तोष गुप्तालाई घटना भएकै दिन राति प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न पाँच जना फरार छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया