बिएल संवाददाता
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारस्थित पुष्प तथा फलफूलको थोक बजारको काम छिटो सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन्।
शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुगेर उनले विगतमा कुरा छोडेर अब यसलाई दशैँसम्म उद्घाटन गर्नुपर्ने बताए।
उनले भने, ‘मन्त्रालयको तर्फबाट के गर्नुपर्छ गछौं। चाँडोभन्दा चाँडो हस्तान्तरण हुनुपर्यो। विगतमा के भयो त्यसमा नजाउ अब यसमा ढिला नहुने विश्वासमा हिनौ। दशैँसम्म यो उद्घाटन गर्नुपर्छ। हिजो मन्त्रालयले जे कुराको ठेक्का लगाएको थियो त्यो हुन्छ।’
२३ रोपनी क्षेत्रफलमा रहेको जग्गामा करिब दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो। तर, भवन आठ वर्ष वितिसक्दा ८७ प्रतिशत मात्रै निर्माण कार्य (भौतिक प्रगति) भएकाले यथासक्य निर्माण कार्य सम्पन्न गरी उक्त भवन सञ्चालनमा ल्याउनु पर्नेमा मन्त्रीले जोड दिएका हुन्।
उनले मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्ट्यान्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको निरिक्षण गरेका हुन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया