बिएल संवाददाता
सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य प्रकाशकुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।
शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजालासले कुसारीलाई तत्काल पदबाट नहटाउन आदेश दिएको हो।
मन्त्रिस्तरिय निर्णयबाट युवा तथा खेलकुद मन्त्रालयले उनलाई हटाउने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयविरुद्ध कुसारीले सर्वाेच्चमा रिट दायर गरेका थिए।
एउटै प्रकृतिबाट नियुक्ति भएका अन्यलाई यथावत राखे पनि मन्त्रालयले कुसारीलाई पूर्वाग्रह साँधेर पदबाट बिनाकारण हटाएकाे थियाे।
अदालतले अन्तरिम आदेश दिँदै कुसारीलाई हटाउनका कारण पेस गर्न सरकारसँग जवाफ माग गरेकाे छ।
कुसारी अहिले चीन भ्रमणमा रहेका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया