बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) पार्टीले नदी किनाराका जमिन खाली गराउने सर्वाेच्च अदालतको निर्णयले गलत भएकाे निष्कर्ष निकालेको छ।
उपत्यकाका पार्टीका नेताहरुको आजको डेलिकेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले अदालतको निर्णयले जनताको नीजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेका हुन्।
उाले पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दबाबमूलक कार्यक्रम गर्नसमेत पहल गर्ने जनाएका छन्।
अध्यक्ष नेपालले पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशनसमेत दिएका छन्।
पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफल भएकाे थियाे।
कार्यक्रममा अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति रहेको थियो।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया