बिएल संवाददाता
हिन्दु नेपालीहरुको महान पर्व दसैँ आउन एक महिना बाँकी रहँदै यात्रुहरुले गन्तव्यसम्म जानको अग्रिम टिकट काट्न थालेका छन्।
चाडपर्वको बेला भाडा महँगो हुँदै जाने र कालो बजारी हुने डरले यात्रुहरुले टिकट बुकिङ थालेका हुन्।
यद्यपि, नेपालका एयरलाइन्सहरुले अग्रिम बुकिङ खुलाउने गरेका छैनन्। वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ गरेका हुन्।
त्यस्तै दसैँ, तिहार र छठ पर्व लक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो हप्तादेखि खुला गर्ने यातायात व्यवसायीहरुको तयारी छ।
दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ।
यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन्। बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया