बिएल संवाददाता
चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ।
चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो। सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ।
सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ। काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ।
विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौँ उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ।
विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसंगै विपत्तिसमेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचानल गरिएको हो।
कालोबजारी वा कम गुणस्तरको सामग्री बिक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरी ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए। टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए।
यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ। सोसंगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागनले जनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया