बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले यस दसैंमा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका छन्। यही असोज २६ गतेका दिनको दसैंमा उनले अपरान्ह ३ बजेपछि मात्र उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीकाअनुसार अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने समय निर्धारण भएको छ।
त्यसपछि अपराह्न ३:३० बजे देखि ५:०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई टीका लगाउने समय निर्धारण भएको छ।
टीका ग्रहरणका लागि राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पुग्नपर्ने छ। साथै टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन पनि भनिएको छ। टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया