बिएल संवाददाता
विजया दशमी तेस्रो दिन आज(सोमबार) पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी छ। काठमाडौं उपत्यकालगायत देशभरका बजार एवम् सडकमा चहलपहल पनि बढेको छ।
निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर स-परिवार हिँड्नेहरुको चहलपहल सडकमा बाक्लै देखिन थालेको छ। सार्वजनिक यातायातमा पनि यात्रुहरुको चाप क्रमश: बढेको छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने चलन छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।
यस वर्ष कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ। दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया