बिएल संवाददाता
विजया दशमी तेस्रो दिन आज(सोमबार) पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी छ। काठमाडौं उपत्यकालगायत देशभरका बजार एवम् सडकमा चहलपहल पनि बढेको छ।
निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर स-परिवार हिँड्नेहरुको चहलपहल सडकमा बाक्लै देखिन थालेको छ। सार्वजनिक यातायातमा पनि यात्रुहरुको चाप क्रमश: बढेको छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने चलन छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।
यस वर्ष कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ। दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया