बिएल संवाददाता
व्यापारीलाई हनी ट्र्पामा पारेर ३० लाख असुलेकाे प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर विनुकुमारी शाही फरार भएकी छन्। घटनाकाे अनुसन्धानका क्रममा आफूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकाे सूचना पाएपछि इन्स्पेक्टर शाही फरार भएकाे ललितपुर प्रहरीले जनाएकाे छ।
शाहीले ललितपुरकाे प्रहरी प्रभाग बुङमति (भैँसीपाट)काे प्रमुख हुँदा असाेज ७ गते बलात्कार मुद्दामा फसाइदिने भन्दै एक व्यापारीसँग ३० लाख रुपैयाँमा असुलेकाे आराेप छ।
इन्स्पेक्टर शाहीले अन्य व्यक्तिहरु ताज इस्लाम, सुष्मा विक र भीमादेवी मिलेर व्यापारीसँग साे रकम असुलेकाे आराेप लागेकाे थियाे। घटनालगत्तै ललितपुर प्रहरीले डिएसपी नरहरि अधिकारीकाे नेतृत्वमा छानबिन समिति बनाएकाे थियाे। छानबिन समितिले घटनामा इन्स्पेक्टर शाहीकाे मिलेमताे भएकाे पुष्टि गरेकाे जनाइएकाे छ।
प्रहरीले इस्लाम, सुष्मा र भीमादेवीका साथै हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेकाे छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया