बिएल संवाददाता
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि सञ्चालन गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदालतको अवहेलना गरेको दाबी गरिएको छ।
मारवाडी सेवा समितिले पाटन उच्च अदालतमा दायर गरेको रिटमा काठमाडौँ जिल्ला अदालतको न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाउँदै मानहानी गरेको दाबी गरिएको हो।
समितिले उच्च अदालतमा दायर गरेको रिटको आठौँ नम्बर बुँदामा ‘अंग नपुगि फैसला गरेको, इजलासले आफ्ना कानुन व्यवसायीलाई बहस गर्न नदिएको, मुद्दा फैसला हुने अवस्थामा नभएको र हतार हतारमा फैसला भएछ’ भनिएको छ। फैसलामा चित्त नबुझे पुरावेदन गर्न पाउने कानुनी अधिकार हुँदाहुँदै समितिले अदालतको न्यायनिरुपण प्रक्रियामाथि नै सवाल उठाएको आरोप लागेको छ’, रिटमा भनिएको छ, ‘उक्त मुद्दामा वहस गर्न हामी बादीको तर्फबाट दुईजना र प्रतिबादीहरुको तर्फबाट करीव १० जना कानून व्यवसायीहरु रहनु भएकोमा इजलाशमा दिनको ४ः३० बजे देखि ४ः४५ बजे सम्म अर्थात करीव १५ मिनेट सामान्य छलफल भएपछि, हाम्रा कानून व्यवसायीहरुले बहस गर्न शुरु गरेकोमा इजलाशले तपाईहरुले बहस गर्नु पर्दैन, मलाई सबै कुरा थाहा छ, मैले सबै कुराहरु बुझेको छु म हेरि हाल्छु नि भन्नु भएछ। मुद्दा फैसला हुने अवस्थामा थिएन तर हतार हतारमा फैसला भएछ।’
समितिले रिटमा अगाडि भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दाको पेशी तारेख मिति २०८१।६।१६ गते (घटस्थापनाको अघिल्लो दिन) तोकिएको थियो। मिति २०८१।६।१६ मा उक्त मुद्दा इजलाश नं. १ को दैनिक पेशी सूचीमा चढेको थियो।
उक्त दिन इजलाश नं. १ मा चारवटा दैनिक पेशी सूँचीको लिस्ट प्रकाशित भएको थियो। हामी निवेदकहरुको मुद्दा चाही तेश्रो लिस्टको सि.नं १ मा परेको थियो। मुद्दाको क्र.सं र निवेदनको क्र.सं जोड गर्दा हामीहरुको मुद्दा चाँहि २६ औं नम्वरमा पर्न गएको थियो। मुद्दा फैसला गर्न अंग पुगेको पनि थिएन।’
काठमाडौं जिल्ला अदालतका न्यायाधीश काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले असोज १६ गते फैसला गरेपछि मारवाडी सेवा समितिले २१ वर्षदेखि संचालन गरिरहेको पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको हो।
अधिवक्ता खगेन्द्र सुवेदीले काठमाडौं जिल्ला अदालतमाथि प्रश्न उठाएर मारवाडी सेवा समितिले न्यायिक प्रक्रियाको मानहानी गरेको बताए।
‘अदालतले फैसला गरेर भगवान पशुपतिनाथको सम्पत्ति फिर्ता भएको हो। तर समितिले न्यायाधीश र इजलासलाई नै आरोपित गरेर रिट दायर गरेको छ, यो गलत छ। उच्च अदालतले कानुनतः यो विषयमा आदेश गर्न सक्छ।’
यस विषयमा मारवाडी सेवा समितिका पदाधिकारीले प्रतिक्रिया दिन मानेनन्। निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयलले मुद्दा उच्च अदालतमा रहेकाले प्रतिक्षा गर्न आग्रह गरे।
मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपैयाँ ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पाल्दै आइरहेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा असोज २० गते बसेको बैठकले धर्मशाला कोष आफैले सरकारी निकायको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको छ।
समितिको दाबी नपुग्ने फैसलापछि कोषले असोज २२ गते महानगरसँग पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सहमति गरेको छ। तर सेवा समितिले मुद्दाको पुनरावलोकनको माग गरेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया