
बिएल संवाददाता
अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वडा नं. ५ र ६काे सीमानामा पर्ने जयठाटी (खिल्जी)मा भएकाे बस दुर्घटनामा परेर मृत्यु हुनेकाे संख्या दुई जनाकाे मृत्यु भएकाे छ।
साेमबार साँझ ५ बजेकाे समयमा साे स्थानमा भएकाे दुर्घटनामा परेर ७० वर्षीय रुनी खनाल र २२ वर्षीया तारा श्रेष्ठकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
दुर्घटनामा परेर ३० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। जसमध्ये १० जनालाई उपचारका लागि बुटवल रिफर गरिएकाे छ। भने, अन्यकाे जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकाे छ।
जिल्ला अस्पताल अर्घाखाँचीमा घाइतेहरुले दुर्घटनाबारे जानकारी दिएका छन्। उनीहरुकाअनुसार साँझ ५ बजेकाे समयमा साेही स्थानमा देउसी भैलाे चलिरहेकाे थियाे। त्यहीबेला अनियन्त्रित भएर बस भीडमाथि आएकाे थियाे। त्यसक्रममा बसले मानिस र राेकिरहेका ट्याक्सी, बाेलेराे र माेटरसाइकललाई ठक्कर दिएकाे थियाे।
त्यसक्रममा बसले केही मानिसलाई किचेकाे थियाे। भने, केही मानिसमुनि परेका थिए। ‘म अगाडिपट्टि थिएँ, बसले आएर सबैलाई साेर्दाखेरि म चाहिँ बसकाे बिचमा रहेछु, बसकाे बिचमा भएकाेले बसकाे बिचमा परियाे’, दुर्घटनामा घाइते भएका प्रकाश बेलबासेल अर्घाखाँची बुलेटिनलाई भने, ‘हामी बसभित्र परिहाल्याे, भाग्य चान्सले टायरले हामीलाई छाेएन। हामी चाहिँ बसकाे तल पट्टि थियाैँ हाेस आउँदाखेरि मलाई कसैले खुट्टामा समातेर तान्दै थियाे।’
उनले मानवीय त्रुटिका कारण बस दुर्घटना भएकाे हुन सक्ने बताए।
दुर्घटनास्थलमा रहेका प्रहरी इन्स्पेक्टर विष्णुप्रसाद पाैडेलले बस ब्रेक फेल भएर अनियन्त्रित भएकाे अनुमान गरिए पनि खास कारण पत्ता नलागेकाे बताए।
दुर्घटनास्थलबाट बिएल नेपाली सेवाकाे सम्पर्कमा आएका इन्स्पेक्टर पाैडेलले भने, ‘दुर्घटना हुँदा अँध्याराे हुन लागिसेकाे थियाे, बस कसरी गुड्याे केही खुलेकाे छैन। हामी त्यतिबेला उद्दारमा नै खटियाे। सबैकाे समयमा उद्दार भएकाे छ। बाँकी कुरा पछि खुल्ला।’
उनले बस र त्यसका चालकलगायत विषयबारे केही नखुलेकाे बताए।
त्यस्तै जिल्ला अस्पतालमा उपचार भइरहेकाहरुकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ। केही गम्भीर अवस्थाका घाइतेहरुलाई बुटवल रिफर गरिएकाे छ।
घाइतेहरुकाे विवरण:
१. जिल्ला अर्घाखाँची भूमिकास्थान न.पा.-६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठ (१८:३० मा मृत घोषण)
२.ऐ.ऐ. खिल्जी बस्ने बर्ष ३८ कि यमुना थापा
३.ऐ.ऐ बस्ने बर्ष १२ की रोजिना परियार
४.ऐ.ऐ. खसुरकोट बस्ने बर्ष ९ कि अन्सिला सुनार
५.ऐ.ऐ.खिल्जी बस्ने बर्ष १८ कि बिन्दु परियार
६.ऐ.ऐ.बस्ने बर्ष ४१ कि ईश्वरी गैरे भुषाल
७:ऐ.ऐ बस्ने बर्ष १८ की सर्मिला मुखिया
८.ऐ.ऐ.बस्ने बर्ष १२ कि जुना परियार
९.ऐ.ऐ.खमारीबास बस्ने बर्ष ३८ कि जुना थापा
१०.ऐ.५ बस्ने बर्ष ७२ को प्रेम बहादुर श्रेष्ठ
११.ऐ.५ असुरकोट बस्ने बर्ष ३४ को नवराज श्रेष्ट
१२.ऐ.५ बस्ने बर्ष ४९ की शुस्मा घर्ति
१३.ऐ.ऐ. बस्ने बर्ष ५ को रबिन्द्र श्रेष्ट
१४.ऐ.४ खिल्जी बस्ने बर्ष २९ को गोपाल थापा
१५.ऐ.ऐ. बस्ने बर्ष २६ को जिवन घर्ति
१६.ऐ.२ बस्ने बर्ष माछामारे बस्ने बर्ष २१ की वबिता पुन
१७.ऐ .८ नुवाकोट बस्ने बर्ष ४४ की रुपा श्रेष्ट
१८. सन्धिखर्क न.पा २ भक्तिटोला बस्ने बर्ष २४ कि गिता भाट, बुटवल रिफर ।
१९.जिल्ला प्युठान ऐरावती गा.पा.९. बिजुली बस्ने बर्ष १७ कि विमला नेपाली
२०.ऐ.ऐ बस्ने बर्ष ६० की सुमित्रा थापा
२१.जिल्ला प्युठान मलारानी गा.पा २ खैरेनीडाँडा बस्ने बर्ष २२ को विक्रम पुन
२२:-ऐ.ऐ बस्ने बर्ष १७ को पर्वत राना
२३.ऐ.५ बस्ने बर्ष ६० कि उमकला पुलामी मगर
२४.ऐ.६. बस्ने बर्ष २९ को बिष्णु बन्जाडे
२५.जिल्ला प्युठान ऐरावती गा.पा ६ सिमलचौर बस्ने बर्ष ४० की सिता नेपाली
२६.भु.न.पा ६ खिल्जी बस्ने बर्ष ११ को अनुपा खण्नडी
२७.ऐ.५ असुरकोट बस्ने बर्ष ६० की पवित्रा घर्ति मगर
२८.ऐ.ऐ बस्ने बर्ष ११ की आईस्मा पुलामीको खुट्टामा चोट अबस्था
२९.जिल्ला प्युठान मललरानी गा.पा २ खरेनीडाँडा बस्ने बर्ष १९ को नविन पुन
३०.ऐ.ऐ बस्ने बर्ष २० को हिमाल पौडेल
३१.ऐ.ऐ बस्ने बर्ष २२ को श्रीधर के.सी
३२.भु.न.पा ६ खिल्जी बस्ने बर्ष ३५ को प्रकाश बेल्बासे
३३.ऐ.ऐ बस्ने बर्ष १८ की बिन्दु परियार
३४.ऐ.ऐ बस्ने बर्ष १८ की स्मृति बेल्बासे
३५.ऐ ४ फलामखिल्जी बस्ने बर्ष ३१को रवि रेस्मी
३६जिल्ला प्युठान मलारानी गा.प २ चुजाँठाटी. बस्ने बर्ष १८ को बविन राना
३७:-भु.न.पा २ ढाकावाँङ बस्ने बर्ष ७० की रुनी खनालको घटनास्थलमा मृत्यु
जम्मा ३७, मृत्यु २, रिफर १०, डिस्चार्ज १
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया