
बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले सरकारले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेल खेलिरहेको आरोप लगाएको छ।
सोमबार खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिररहेकाे व्यवहारतिर लक्षित गर्दै यस्ताे बताएका हुन्।
‘सरकारले अहिले जजसले यो देशमा राम्रो काम गरिरहेका छन्। ती मानिसहरूलाई हटाउने खेल भइरहेको छ’, उनले भने। उनले देशमा असाधारण परिस्थिति बन्दै गरेको अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्नेमा पार्टी फुटाउने चर्चा चलिरहेको पनि बताए।
उनले लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको कारण माओवादीले देशव्यापी खबरदारी सभा गर्ने तयारीमा रहेको जानकारी दिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया