बिएल संवाददाता
पेट्राेल र हवाई इन्धनकाे मूल्य बढेकाे छ।
शनिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्राेल र हवाई इन्धनकाे मूल्य बढेकाे नेपाल आयल निगमले जनाएकाे छ।
निगमका अनुसार पेट्राेलमा प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकरतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि भएकाे छ। भने, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलाेलिटर अमेरिकी डलर १५ का दरल मूल्य बढाइएकाे छ।
याेसँगै पहिलाे वर्गका पेट्राेल पम्पहरुमा १५७ रुपैयाँ ५० पैसा, दाेस्राे वर्गका पेट्राेल पम्पहरुमा १५९ रुपैयाँ र तेस्राे वर्गका पेन्ट्राेल पम्पहरुमा १६० रुपैयाँ मूल्य कायम हुने भएकाे छ।
पहिलाे वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन।
त्यस्तै दाेस्राे वर्गमा सुर्खेत र दाङ रहेका छन्। भने, तेस्राे वर्गमा काठमाडाैँ, पाेखरा र दीपायल रहेका छन्।
त्यस्तै आन्तरिक तर्फकाे हवाई इन्धनकाे मूल्य १२८ रुपैयाँ कायम भएकाे छ।
भने, अन्तर्राष्ट्रिय तर्फकाे हवाई इन्धनकाे मूल्य काठमाडाैँमा ९७५ अमेरिकी डलर, पाेखरामा ८१८ अमेरिकी डलर र भैरहवामा ८०२ अमेरिकी डलर कायम भएकाे छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया