बिएल संवाददाता
नेपाल पत्रकार महासंघकाे यसपटककाे निर्वाचनले नयाँ प्रकारकाे अवस्था सिर्जना गरेकाे छ।
निर्वाचन प्रक्रियामा राजनीतिक दलकाे सक्रियता त पुरानै प्रचलन भयाे तर यसपटक ठुला लगानीका कर्पाेरेट मिडियाका मालिकहरूकाे पनि प्रत्यक्ष हस्तक्षेप देखिन थालेकाे छ। केही कर्पाेरेट मिडियाका मालिकहरूले जन्मदेव जैसी र उनकाे टिमलाई मत नदिन विभिन्न खाले ‘लबिइङ’ गरिरहेकाे केही श्रमिक पत्रकारले जानकारी दिएका छन्।
महासंघजस्ताे स्वतन्त्र र निष्पक्ष संस्थाकाे निर्वाचनमा कर्पाेरेट स्वार्थकाे संलग्नता हुनु निन्दनीय मानिन्छ। पत्रकारिताकाे मूल मर्मलाई विस्थापित गर्दै स्वार्थका आधारमा चलखेल हुनु पत्रकारिताकाे लागि गम्भीर खतरा हाे। त्यस्ता मिडिया मालिकहरूलाई पत्रकारिता भन्दा बिचाैलियाकाे भूमिकामा लागेका स्वार्थी व्यक्तिहरूका रूपमा व्याख्या गर्न सकिन्छ। त्यसैले तिनले पनि आफ्ना वफादारलाई ल्याउन लागेका छन्।
यस निर्वाचनकाे परिणामसँगै धेरै कुराहरू स्पष्ट हुनेछ। कर्पाेरेट स्वार्थ, राजनीतिक हस्तक्षेप र पत्रकार महासंघकाे उद्देश्यबीचकाे अन्तरविरोध यसपटककाे निर्वाचनले खुलासा गर्नेछ। महासंघमा पत्रकारहरूकै नेतृत्व हुनुपर्नेमा स्वार्थ समूहले प्रभाव जमाउने प्रयास गर्नुले महासंघकाे भूमिकाप्रति विश्वास घटाउन सक्छ।
महासंघले आगामी दिनमा स्वतन्त्र पत्रकारिता, पेशागत मर्यादा र संस्थागत इमान्दारिता जोगाउन प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ। यदि यसमा चुकिन्छ भने महासंघ आफ्नाे उद्देश्यबाट नै पहिलाभन्दा थप भटकिनेछ। जसकाे दीर्घकालीन असर नेपाली पत्रकारितामा पर्नेछ। अब निष्पक्षता र स्वतन्त्रतालाई कायम राख्न पत्रकारहरू आफैं सचेत हुनु जरुरी देखिन्छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया