बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन्।
झापाको गौरादहमा साेमबार आयोजित ताजपूरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए।
प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, सस्कृति र परम्परालाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्दै आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिए।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपूरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेका थिए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया